BREAKING NEWS

Thursday, November 10, 2016

लायन्स क्लव अफ पोखरा गण्डकीको पीस पोस्टर कार्यक्रम


पोखरा, २५ कार्तिक
लायन्स क्लव अफ पोखरा गण्डकीको पीस पोस्टर प्रतियोगिता कार्यक्रम विहिबार सम्पन्न ग¥यो। विभिन्न विद्यालयमा पढ्ने ३५ जना बालबालिकाहरु वीच आयोजित प्रतियोगिता पोखराको प्रतिभा उच्च मा.वि. नदिपुरमा भएको हो । प्रतियोगितामा आयुस दास प्रथम, कञ्चन कुमारी महरा द्धितिय, सीताज गुभाजु तृतीय र कविता बास्तोला सान्त्वना हुन सफल भए । विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि लायन्स पीस पोस्टर प्रतियोगिता चियर पर्सन सुर्यनाथ कोइरालाले प्रतियोगितामा भाग लिई विद्यार्थीहरुले शान्ति स्थापनामा जोड
दिएको बताए ।यस्ता प्रतियोगीता बालबालिकाहरुको प्रतिभा प्रश्फुटनको लागि ठुलो मौका भएको उनको भनाइ थियो  ।

लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माको अध्यक्षतामा सम्पन्न पीस पोस्टर कार्यक्रममा संयोजक तारा केसी, प्रतिभा उच्च मा.वि.का प्राचार्य विश्वगोपाल पराजुली, जोन चेयर प्रर्सन लायन सुरेन्द्रमान विजुक्छे, अर्जुन कार्की, लायन्स क्लव अफ पोखरा गण्डकीका पुर्व अध्यक्ष मञ्जु पन्त लगायतले प्रतियोगिताले बालालिकाहरुको प्रतिभा वढाउन सहयोग गर्नुको साथै विश्व शान्ति अभियानमा टेवा पुग्ने बताएको रमेश सुवेदीले जानकारी दिए  ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .