BREAKING NEWS

Saturday, November 19, 2016

लेखनाथ रोटरी र रोटर्याक्टको रत्तदान कार्यक्रम सम्पन्न


भीमपाणि बराल
लेखनाथ,४मंसिर। 

रोटर्याक्ट नेपालको केन्द्रिय कार्यक्रम अन्तरगत शनिवार रोटरी क्लव अफ लेखनाथ र रोटर्याक्ट क्लव अफ लेखनाथको संयुक्त आयोजनामा राखिएको खुल्ला रक्तदानमा २६ युनिट रगत संकलन भएको छ।

रोटर्याक्ट सचिन श्रेष्ठको स्मृतीमा राखिएको केन्द्रिय कार्यक्रममा पहिलो रत्तदाता रोटरी क्लव अफ लेखनाथका पुर्व अध्यक्ष ईन्जिनियर राजेश भटराईलाई ब्लड ब्याग हस्तान्तान्त्रण गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापती बामदेव ढुंगानाले रत्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए। 
रोटरी क्लब अफ लेखनाथका अध्यक्ष ईविन्द्रराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा रक्तदान कार्यक्रमका संयोजक हरि वुढाथोकीले स्वागत र सचिव विष्णु गौतमले कार्यक्रम संचालन गरेका थिए भने रोट्राक्क क्लव अफ लेखनाथका पुर्व अध्यक्ष रोशन अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .