BREAKING NEWS

Tuesday, November 15, 2016

सहिद स्मारक आधारभुत विद्यालयको अध्यक्षमा लामिछाने


लेखनाथ,२७ कात्तिक
सहिद स्मारक आधाभुत विद्यालय लेखनाथ १२को मंगलवार भएको अभिभाकहरुको भेलाले अगामी कार्यकालका लागि विश्वराज लामिछानेको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ।  सर्वसम्वत रुपमा चयन भएको समितीको सदस्यमा विष्णुमाया पन्थि,रुकविणी आचार्य,बिमला परियार,कुमार गुरुङ,मनदेवि विक र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शुसिला रेग्मी रहेकी छन् ।

यसै गरि सोही भेलाले संकर प्रसाद पौडेलको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ जसको सदस्यमा दिपकराम ढेवाजु,अप्सरादेवि पौडेल,तिलकुमारी परियार र चमेली तामाङ रहेकी छन् । पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वाबुराम भुजेलको अध्यक्षतामा भएको सो कार्यक्रममा बिद्यालय निरिक्षक भोजराज न्यौपाने, भण्डारढीक स्रोत केन्द्रका स्रोत ब्यक्ति विष्णु तिवारी र शिक्षक कृष्ण प्रसाद पौडेल लगाएतले गुणस्थरीय शिक्षाका लागि अभिभावकको चासो अपरिहार्य भएको विचार राखेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .