BREAKING NEWS

Tuesday, November 15, 2016

कृषि सेवा केन्द्र शिसुवाद्धारा अन्र्तक्रिया



लेखनाथ, ३० कार्तिक
कास्कीको लेखनाथमा रहेको कृषि सेवा केन्द्र शिसुवाद्धारा लेखनाथको खुदीमा कृषक तथा स्थानीय सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्र्तक्रियामा प्रमुख अतिथि समेत रहेका कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले नेपालीहरुमा कृषि क्षेत्रमो मानिस नै नपाईने समस्या रहेको बताएका थिए लेखनाथ शहकारी मञ्चका उपाध्यक्ष सोमलाल कडेलले लगानी वास्तविक ठाउमा पुगी प्रतिफल पनि देखिने गरी कार्यहरु अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।सो अन्र्तक्रिया कार्यक्रममा किसानहरुले कृषि क्षेत्रमा आफूले गरेको लगानीले उचित बजार पाउन नसकेको र आफ्नो दुःखको परिश्रम पाउन नसकेको गुनासो पोखेका थिए । 

अघिल्लो साल १० वटा टनेलमा लगाएको टमाटर र यसपाली १६ वटा टनेलमा लगाएको टमाटरमा अघिल्लो साल १० वटामा जति पनि उत्पादन हुन नसकेको र विभिन्न रोगहरुले गर्दा आफूले गरेको लगानी पनि उठन नसकेको अगुवा कृषकले बताए । कार्यक्रममा कृषि सेवा केन्द्र शिशुवाका प्रमुख पूर्ण बहादुर बानियाँले केृन्द्रद्धारा चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । सेवाकेन्द्रले हाल लेखनाथ नगरपालिकाको साथै कालिका, हंसपुर, रुपाकोट,थुम्की , देउराली र सिद्ध गाविसहरुमा सेवा प्रदान गर्दै आएको छ । पुष्प खेती प्रर्दशन , खाद्यान्न वाली मिनीकिट वितरण लगायतका कार्यहरु गर्दै आईरहेका छन ।लेखनाथ सामुदायिक कृषि विकास समिति उपाध्यक्ष तिलक प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .