BREAKING NEWS

Wednesday, November 9, 2016

आदीवासी जनजातीको लेखनाथ नगर भेला

लेखनाथ,२४ कार्तिक।
आदीवासी जनजाती एक होऔं,पहिचान र अधिकारबाट बञ्चित नहोऔं भन्ने मुल नाराका साथ आदीवासी जनजातीको लेखनाथ नगर भेला सम्पन्न भएको छ। 
कार्यक्रमको उद्घाटन गर्दै आदीवासी जनजाती महासंघ कास्की समोन्वय परिषदका अध्यक्ष पानवहदुर घर्तीले पुर्खौ देखि नेपाल भुमीका आदीवासीहरुको हक अधिकार कुण्ठीत हुने गरि आएको बिभेदकारी नितीको अत्ये गरि आफनो अधिकार स्थापित गराउनका लागि यहाँ रहेका सम्पुर्ण आदीबासीहरु संगठीत हुनु पर्नेमा जोड दिएका थिए। 
भाई फुटे गभार लुटे भने जस्तै हामी आदीवासीहरु राजनितीक पाटीको आडमा रहेर अधिकारको खोजी गर्ने हो भने आदीवासीले अहिलेसम्प पाएको अधिकार पनि गुम्ने सम्भावना छ त्यसैले पुर्खाले आर्जेको अधिकारलाई कानुनी रुपमा नै स्थापित गराउनु पर्ने आवस्यकता छ अध्यक्ष घर्तीको भनाई रहेको थियो। 
आदीवासी जनजाती महासंघ लेखनाथ नगर समोन्वय परिषदका अध्यक्ष जंङवहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा गणेश नेवा: खल लेखनाथका अध्यक्ष प्रेम लिगल, नेवाःखल कास्की सदस्य भैरवलाल श्रेष्ठ,भुजेल समाज लेखनाथका अध्यक्ष मनवहादुर भुजेल, दुरा समाजको तर्फबाट लालजंङ दुरा,ङयोए तमु धि लेखनाथका अध्यक्ष मान वहादुर गुरुङ,संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,पुन समाजको तर्फबाट खेमवहादुर पुन,महिलाहरुको तर्फबाट मगर  संघ कास्कीकी सचिव संगिता पुन र मेनका श्रेष्ठ लगाएतले लेखनाथ नगरपालिकाले विनियोजन गर्ने विकास निर्माणको बजेटमा आदीवासीको क्षेत्रमा पनि लगाउनु पर्ने  सुझाव राखेका थिए। 
आदीवासी जनजाती महासंघ लेखनाथ नगर समोन्वय परिषदका सचिव सरदवावु भुजेलले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सदस्य क्याप्टेन मेघवहादुर गुरुङले गरेका थिए। 


News by भीमपाणि बराल

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .