BREAKING NEWS

Thursday, November 10, 2016

निर्वाहामुखी होईन व्यावसायिक वनौं : प्रजापति


भीमपाणि बराल
लेखनाथ, २५ कार्तिक।
क्षेत्रिय पशु सेवा कार्यालय पोखराका निर्देशक डाक्टर राजेश प्रजापतीले किसानहरुलाई निर्वाहामुखि नभई व्यावसायिक वन्न आग्रह गरेका छन् । 
बंगुर व्रिडर कृषक सहकारी सस्था लिमिटेडले विहिवार लेखनाथमा राखेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै डा. प्रजापतिले कृषि उत्पादन र पशुपालको क्षेत्रबाट आत्मनिर्भर बनाउनका लागि यहाँ किसानहरु संगठित हुदै ब्यवसायि उत्पादन तर्फ लाग्ने हो भने सरकारको तर्फबाट ठुलो सहयोग र परामर्श हुने धारणा राख्दै परम्परा पशुपालनबाट माथी उठेर ब्यवसायिक उत्पादन तर्फ लाग्नका लागि सवै किसानमा अनुरोध गरेका थिए। 
जिल्ला पशु सेवा कार्यलय कास्कीबाट बढुवा भई क्षेत्रियमा जानुभएका डा. प्रजापति र चितवन पक्षी प्रयोगशालवाट कास्की पशु सेवा कार्यालयको जिम्वेवारी समाल्न आउनु भएका पुरुषोतम त्रिपाठीको स्वागत तथा सम्मानमा राखिएको कार्यक्रममा वोल्दै पशुसेवा कार्यालय पोखराका प्रमुख त्रिपाठीले किसानहरुले तन मन र लगनसिल भएर उत्पादनको क्षेत्र तर्फ लाग्ने हो बजारीकरणको कुनै समस्या नभएको धारणा राखेका थिए। 
बंगुर व्रिडर कृषक सहकारी सस्थाका अध्यक्ष योगवहादुर आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला भेटेनरी कास्कीका पशु चिकित्सक डाक्टर ठगेन्क्द्र प्रसाद अर्याल र शिसुवा पशु सेवा कार्यालयलका प्रमुख होमराज तिमिल्सेना लगायतले आ-आफनो धारणा राखेको सो कार्यक्रमको संचालन सदस्य झलक जलारीले गरेका थिए भने स्वागत मन्तव्य सचिव सिताराम भण्डारीले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .