BREAKING NEWS

Saturday, November 19, 2016

लेखनाथमा बालश्रम विरुद्धको सचेतना ¥याली


भीमपाणि बराल
लेखनाथ,४मंसिर। 
विश्व बाल अधिकार दिवसको अवसर पारेर सनिवार लेखनाथमा बालश्रम विरुद्धको सचेतना मुलक घर दैलो ¥याली संचालन गरिएको छ। 

“सम्बृद्र्धन बाल अधिकारको कार्यान्वय संविधानमा” भन्ने मुल नाराका साथ आयोजीत सचेतना मुलक घरदेलो कार्यक्रमको सुभारम्भ गर्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुगानाले बाल अधिकारका कुरा संविधानमा लिपिबद्ध भएकाले यसलाई कार्यन्वयन गर्ने सबाल चुनौतीपुर्ण भएकाले सचेतना मुलक कार्यकर्म संचालन गरिएको जानकारी गराउदै जहाँ अधिकारको हनन् भएको छ त्यहिवाट काम सुरु गर्नु पर्नेमा जोड दिएका थिए। 
बाल अधिकारका कुरा गर्ने तर स्वयम आपनो घरमा बाल अधिकार हनन् भएको त छैन भन्ने तर्फ सचेत हुन सवैमा अनुरोध गर्दै कार्यकारी ढुगानाले घर घरमा बाल अधिकारलाई स्थापित गराउनु पर्ने धारणा राखेका थिए। 
बाल अधिकार हनन हुनु भनेको कानुनि रुपमा दण्डनीय भए पनि यसलाई सहि कार्यन्वय गर्नका लागि कानुन मात्र होईन सामाजीक वहिस्कारको अभिभान पनि खाँचो रहेको छ ढुगानाको भनाई रहेको थियो। 
लेखनाथ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तरगत युनिसेफ नेपाल र टोली सस्थाको सहयोगमा संचालीत सचेतना मुलक घरदैलो ¥याली तालचोकबाट सुरु भई शिसुवाचोकमा पुगि समापन भएको कार्यक्रममका फोकल प्रसन अनिलप्रसाद आचार्यले जानकारी दिएका छन् ।
बालमैत्री नगरपालिका घोषणाको तयारी पुर्व मंसिर ४,५र ६ गते राखिएको सचेतनामुलक कार्यक्रम अन्तरगत सनिवर वडा नं ७ र ८ उक्त कार्यक्रम संचालन गरिएको हो भने कार्यक्रममा विभिन्न सामाजिक संघ सस्था,राजनितीक दलका प्रतिनिधी र विद्यालयहरुको सहभागीता रहेको थियो। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .