BREAKING NEWS

Saturday, November 5, 2016

गैरकानुनी रुपमा वसेका नेपालीलाइ कतार सरकारले आम माफीदिने


भिमपाणी बराल

लेखनाथ,२० कार्तिक

पासपोर्ट तथा अन्य आवश्यक कागज पत्र नभएर गैर कानुनी रुपमा वसेका नेपाली नागरिकहरुलाइ कतार सरकारले  १, डिसेम्वर २०१६ सम्ममा आम माफीदिने भएकोछ। 

रोजगारीको सिलसिलामा कतार आइ सकेपछि विभिन्न कारणले संम्वन्धित कम्पनी छोडी लुकिछीपी भागेर काम गर्ने नेपाली लगायत अन्य देशका नागरिकहरुलाई विना सर्त आफनो देश फर्कन निश्चित समयको लागि कतार सरकारले आम माफीको घोषणा गरेको हो ।

 गैर कानुनी रुपमा वसेका नेपाली नागरिकहरुलाई  यो सुवर्ण अवसर रहेको कतारका लागि नेपाली नियोगको सुचनामा भनिएको छ । नेपालीनियोगले सर्भिस डेस्कको व्यवस्था गरी सकेको र ट्राभल्स डकुमेन्ट वनाएर स्वदेश फर्कन सहयोग गर्ने प्रतिवध्दता पनि जनाइ सकेको छ ।

सामाजिक कार्यमा कृयासिल  कास्की आदर्श सेवा समाज, कतारले यस्तो अवसर फेरी आउन समय लाग्ने हुँदा नेपालभर नै यो सन्देश पुगोस भन्ने  चाहना रहेको अध्यक्ष श्री मन प्रसाद रानामगरले जानकारी दिएका छन् । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .