BREAKING NEWS

Tuesday, November 15, 2016

प्रमिशले गरे विद्यालयलाई सहयोग


लेखनाथ २ रिठेपानी निवासी प्रमिश गुरुङले आफु पढेको  विद्यालय लिटल फलावर एजुकेशनल एकेडेमीलाई सोमवार एक कार्यक्रमका विच खेलकुदका सामग्री सहयोग गरेका छन्।
२५ बर्षीय गुरुङले विदेशमा परिश्रम गरेर कमाएको पैसाबाट बचत गरी आफुले अध्ययन गरेको विद्यालयको खेलकुद क्षेत्रमा सहयोग पुग्ने उदेश्यले फुटवल र खेलाडीहरुका लागि पोशाक सहयोग गरेका हुन्। विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उक्त सामग्रीहरु विद्यालयका निर्देशक कमल खड्कालाई हस्तान्तरण गर्दै उनले फजुल खर्च गर्नु भन्दा समाजिक क्षेत्रमा सहयोग गर्नु महत्वपुर्ण ठानेर सहयोग गरेका वताएका थिए।
विद्यालयका संचालक देवी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमिशका हजुरवुवा जस बहादुर गुरुङले नातीले गरेको सहयोगले अन्य युवा पुस्तालाई समेत प्रेरणा मिल्ने कामना गरेका थिए। विद्यालयको तर्फबाट धन्यवाद तथा अभार ब्यक्त गर्दै शिक्षक श्याम खनालले आफुहरुले सिकाएको ज्ञानको सहि सदुपयोग भएको विचार राखेको सो कार्यक्रमको संचालन शिक्षक विष्णुहरि पौडेलले गरेका थिए। 

फोटो क्याप्सन ः लेखनाथ २ रिठेपानी निवासी प्रमिश गुरुङले आफु पढेको
विद्यालय लिटल फलावर एजुकेशनल एकेडेमीका निर्देशक कमल खड्कालाई खेलकुदका सामग्री हस्तान्तरण गर्दै। तस्विर  विष्णुहरि पौडेल



Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .