BREAKING NEWS

Sunday, November 27, 2016

राधाकृष्ण बद्धाश्रममा पुन लिगल


लेखनाथ,११ मंसिर।
लेखनाथ नगरपालिका वडा नं १३ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमको सनिवार सम्पन्न चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनले आगामी कार्यकालका लागि पुन प्रेम लिगलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। 
सर्वसम्वत रुपमा गठन भएको समितिको प्रथम उपाध्यक्षमा अकंल बहादुर कार्की,द्धितिय उपाध्यक्षमा विश्वराज लामिछाने,सचिवमा सोभामोहन पौडेल,सह सचिवमा सन बहादुर गुरुङ र कोषाध्यक्षमा शिवबहादुर थापालाई चयन गरेको हो ।
नव गठित समितिको सदस्यमा विष्णुमाया पन्थि,रजनी लामिछाने,पार्वती घिमीरे,चन्द्रवहादुर सुबेदी र पार्वती लामिछाने रहेकी छन् । 
यस अघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राममणि अधिकारीले बृद्धाश्रम संचालन गर्नु भनेको भौतीक रुपमा मात्र नभई सास्कृती र मानविय सभ्यताको सिकाई पनि भएकाले नगरपालिकाको तर्फबाट आश्रमका लागि विगत दिनहरुमा पनि सहयोग भईरहेको र आगामी दिनमा पनि सहयोग रहिरहने प्रविबद्धता जाहेर गरेका थिए। 
सोही अवसरमा स्थानीय समाजसेवी बुद्धिमान गुरुङ,नेपाली काग्रेसका नेता सुरेन्द्रराज अधिकारी,नेपाली काग्रेस लेखनाथ नगर सचिव ध्रुवनाथ अधिकारी र नेपाली काग्रेस लेखनाथ १३का वडा ईकाई सभापति टेकनाथ पन्थि लगाएतले आ आफनो भनाई राखेका थिए। 
आश्रम संचालन समितिका सचिब सोभामोहन पौडेलले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य द्धितिय उपाध्यक्ष विष्वराज लामिछानेले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .