BREAKING NEWS

Saturday, November 12, 2016

विप्लव माओबादीको बन्दले जनजीवन प्रभावित

लेखनाथ, २८ कार्तिक
विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण लेखनाथ र आसपासको जन जिवन प्रभावित भएको छ । मंहगी, भष्टचार र खाद्य सम्प्रभुताको विषयमा आवाज उठाउदै नेकपा माओवादीले बन्दको गरेको हो ।

लेखनाथ र आसपासका क्षेत्रमा बन्दका कारण सवारी साधन गुड्न सकेका छैनन् भने शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना तथा पसल बन्द छन् । भित्रि पसलहरु केहि मात्रमा खुलेका छन् भने फाट्फुट् मोटरसाइकल लगायतका सवारी साधन समेत चलेका छन् । 
लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारणहरूलाई मर्का परेको छ ।

बन्दका बेला अप्रिय घटना हुन नदिन सडकमा सुरक्षाकर्मी बाक्लो रुपमा उपस्थित रहेको देखिन्छ । विहान ५ बजे देखि साझँ ५ बजे सम्म बन्द रहने तथा
प्रेस, एम्बुलेन्स, कुटनीतिका सवारी र तरुणतलका तोकीएका सवारीलाई चल्न दिने माओबादी कास्कीले जनाएको छ ।
यसैविच बन्द गराउदै हिड्ने विप्लव माओबादीका ५० भन्दा बढी कार्यकर्ता विहानै काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .