BREAKING NEWS

Tuesday, November 8, 2016

एन आई सी एशिया बैकको ७२ औं शाखा लेखनाथमा



लेखनाथ, २३ कार्तिक
विराटनगरमा केन्द्रिय कार्यालय र कर्पोरेट कार्यालय काठमाडौमा रहेको एनआई सी एशिया बैकको ७२औं शाखा कास्कीको लेखनाथमा स्थापना गरिएको छ। 

बैंकले एकै दिन नेपालका बिभिन्न सात ठाउमा शाखा स्थापना गरि संचालनमा ल्याएको सन्दर्भमा मंगलवार लेखनाथको प्रमुख व्यापारिक केन्द्र तालचोकमा एक कार्यक्रमका विच  शाखाको समुद्घाटन गरेको हो। 

शाखा कार्यालयको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बैङकिङ सेवा लिनका लागि पोखरा नै धाउनु पर्ने अवस्थावाट मुक्त भएका लेखनाथबासीहरुलाई यहाँ रहेका बैक तथा वित्तीय सस्थाहरुले सरल र सहज रुपमा सेवा प्रवाहा गरि उपभोत्ताहरुलाई आय आर्जन र उद्यमसिल बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए। 

बैंकले गत आर्थिक बर्षमा कर्जा सापटीमा ३९प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतले उल्लेख्य बृद्धि हासिल गर्न सफल भएको बैकका लेखनाथ शाखा प्रमुख राजेन्द्र प्रसाद लम्सालले जानकारी दिएका छन् । 

एनआई सी एशिया बैकले मंलवारै पोखराको पार्दी, बाग्लुङ, नुवाकोट, अत्नेरिया, कावासोती र दलदलेमा आफनो नयाँ शाखा स्थापना गरि सेवा संचालन गरेको बताईएको छ।



News by Bhimpani Baral

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .