BREAKING NEWS

Monday, November 7, 2016

लेखनाथ उद्योग वाणिज्य संघद्धारा वरिष्ठ कृषि विकास अधिकृत र प्रहरी ईन्चार्जलाई स्वागत


लेखनाथ, २२ कार्त्तिक

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला कृषि विकास कार्यालय कास्कीमा आफ्नो सेवाको क्रममा सरुवा भई आउनु भएका कार्यालय प्रमुख÷वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र वोहोरा र हंशपुर ईलाका प्रहरी कार्यलयका ईन्चार्ज मदनजित महराको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम सोमवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यस क्षेत्रलाई कर्मथलो बनाएर नयां नियुक्त भएर पाल्नुभएका जिल्ला कृषि कार्यालयका कार्यालय प्रमुख÷ वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र वोहोरा र शिशूवा ईलाका प्रहरी कार्यलयका ईन्चार्ज मदनजित महरालाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो लेखनाथमा समग्र उद्योगी र व्यवसायीको तर्फवाट लेखनाथमा स्वागत गर्दै समग्र लेखनाथको आर्थिक सामाजिक विकासमा महत्वपुर्ण कार्य गरी व्यवसायीक कृषिमा जोड दिनका लागि वरिष्ठ कृषि विकास अधिकृतलाई आग्रह गर्नुहुदै सोही अवशरमा शान्ति सुरक्षा कायम राख्नका लागि जोड दिनुहुन प्रहरी ईन्चार्जलाई आग्रह गर्नुभएको थियो संघ त्यसका लागि सहयोग गर्नका लागि सदैव तत्पर रहने वताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमूख÷व.कृ.वि. अधिकृत लोकेन्द्र वोहोराले कृषि पर्यटनका माध्यमवाट यस क्षेत्रमा पुर्वाधार तयार गरि व्यवसायीक रुपमा कृषिलाई अगाडी वढाउनका लागि लागि पर्ने धारणा राख्नुभएको थियो ।

सोही कार्यक्रममा शिशुवा ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमूख मदनजित महराले अपराध गर्ने कोही कसैलाई नछोडने, सुचना दिई सहयोग गर्नका लागि आम नगरवासीलाई आग्रह गर्दै यस क्षेत्रको शान्ति सुरक्षामा सुरक्षाको प्रत्याभुती दिलाउन लागि पर्ने धारणा राख्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष चतुराखर अधिकारी, पुर्व अध्यक्ष एवं विशिष्ट सदस्य सुमन भट्टराई, संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं सल्लाहकारज्युहरु, विभिन्न उपसमिति संयोजकज्युहरु, वजार व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधीज्युहरु लगायतका उपस्थित सम्पुर्ण महानूभावहरुले सुरक्षा र कृषिका वारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख वद्रीनाथ पौडेलले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारी गर्नुभएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .