BREAKING NEWS

Friday, November 25, 2016

बालक्लव रिठेपानीद्धारा दन्त शिविर

लेखनाथ, १० मंसिर



लेखनाथ २ रिठेपानीमा रहेको रिठेपानी बालकल्व ले शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । रिठेपानीका लिटल फलावर एजुकेशनल एकेडेमी र विर आधारभूत विद्यालयका विद्यार्थीहरुका संयुक्त क्लव रिठेपानी बालक्लवको आयोजना तथा बत्तिस डेन्टल केयर लेखनाथ ७ तालचोकको प्रविधिक सहयोगमा १ दिने दन्त्त शिविर तथा दात सचेतना कार्यक्रम सम्पन्न भएको हो । बालक्लवकी उपाध्यक्ष मनिषा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल बाग्लुङका विभागिय प्रमुख समेत रहेका लेखनाथ ८ शिशुवा निवासी दन्त चिकित्सक डाक्टर सञ्जय पाण्डेले सहजिकरण गर्दै दन्त परिक्षण गरेका थिए ।


लिटल फलावर एजुकेशनल एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुविदार मेजर जग बहादुर गुरुङ विर आधारभूत विद्यालयका प्रध्यानध्यापक हेमचन्द्र अधिकारी नेशनल एफएम का समाचार बाचक विष्णुहरि पौडेल लिटल फलावर एजुकेशनल एकेडेमीका शिक्षक हरि सापकोटा पवन कुमार तिवारी किशोर मास्के लगाएतले दात तथा मुख स्वास्थ्यको महत्व बताउदै कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा दुवै विद्यालयका कक्षा ६,७ र ८मा अध्ययनरत करिब २५० विद्यार्थीको दन्त परीक्षण गरिएको  थियो ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .