BREAKING NEWS

Monday, November 7, 2016

एटिएम कार्डको पिन नम्बर तत्काल परिवर्तन गर्न प्रहरीको आग्रह

काठमाडौं २२ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ ।

अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय भएको भन्दै ब्यूरोले सोमबार पत्रकार सम्मेलन गरेर एटिएम पिन नम्बर तत्कालै परिवर्तन गर्न आग्रह गरेको हो ।

व्यूरोले बैंकको एटिएमबाट डाटा चोरी गरेर अवैध रुपमा पैसा चोर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बुल्गेरियन नागरिकलाई सार्वजनिक समेत गरेको छ । ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले अर्काको एटिएमबाट डाटा चोरेर अनधिकृत रुपमा पैसा चोरी गरेको सूचनाको आधारमा बुल्गेरियन नागरिक नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका तीन जनाबाट ब्यूरोले ३ लाख ८ हजार रुपैयाँ, १ हजार युरो, ३ सय ५३ वटा एटिएम, हिडन क्यामेरा, नक्कली एटिएम नम्बर, किप्याड, कार्ड पर्सनलाइजेसन मेसिन लगायतका सामाग्री बरामद गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा डिआइजी सिलवालले चोरीमा सक्रिय गिरोहले महंगा सामाग्री खरिद गर्ने गरेको बताए । उनले एटिएमबाट चोरी गरेको पैसाले महंगा लुगा, मोबाइल, घडीलगायतका सामाग्री किनेर विदेश लगेर बेच्ने गरेको बताए । उनले नेपालमा चोरी गरेको गरेको पैसाले चलेको रेट भन्दा महंगोमा डलर साटेर लैजाने गरेको दावी गरे ।

पक्राउ परेका बुल्गेरियन नागरिकहरुले दरवारमार्ग, ठमेल, वसन्तपुरलगायतका पर्यटकीय क्षेत्र र आसपास रहेका एटिएमबाट पैसा निकाल्ने गरेको अनुशन्धानबाट खुलेको प्रहरीले बताएको छ । उनीहरु एक महिनाअघि पर्यटकीय भिसामा नेपाल आएका थिए । नेपालमा ३५ लाख एटिएम प्रयोगकर्ता रहेको प्रहरीको अनुमान छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .