BREAKING NEWS

Sunday, November 27, 2016

आदर्श युवा क्लवको स्थापना दिवसमा रत्तदान


भीमपाणि बराल
लेखनाथ,१२मंसिर। 
खेलकुदको क्षेत्रमा काम गर्दै आएको आदर्श युवा क्लवको १९ औं वार्षिकोत्सवका अवसरमा राखिएको १७ औं रक्तदानमा ३७ युनिट रगत संकलन भएको छ। 


क्लबले हरेक बर्ष जस्तै यस बर्ष पनि रक्तदान जिवनदान जिवनदान महादान भन्ने मुल नाराका साथ राखिएको कार्यक्रममा बोल्दै डाडाकोनाक प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक मदनजित महराले क्लवले युवाहरुलाई सकरात्म सन्देश दिदै सामाजीक क्षेत्रमा अग्रसर गराउन सक्ने हो युवाहरुमा देखिने कुलत र विक्रितीबाट हटाउन सकिने सुझाव राखेका थिए। 
सोही अवसरमा लेखनाथ उद्योग बाज्यि संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले केही गरौं भन्ने भावना सृजना हुने अवस्था युवा अवस्था भएकाले युवाहरु संगठीत भएर राष्ट्रहितका साझा सवालमा अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए। 
क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने,नेकपा एमालेका मोहन गुरुङ,लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल,ङयोए तमु धि लेखनाथका अध्यक्ष जंगवहादुर गुरुङ र संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ लगाएतले रक्तदानको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .