BREAKING NEWS

Saturday, November 12, 2016

लेखनाथ सामुदायिक लायन्स अस्पतालको १३औं साधारण सभा



भीमपाणि बराल
लेखनाथ,२७कात्तिक।
लेखनाथ सामुदायिक लायन्स अस्पतालको १३औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै सांसद जिवन परियारले बिकासका लागि सहकार्य र साझा अभिमत आवस्यक पर्नेमा जोड दिएका छन्। 
विकास स्वतस्फुर्तमा हुने होईन सम्वन्धित ठाउमा लभिङ र बजेट निकासाको लागि पहल कदमीको खाचो रहेको धारणा राख्दै उपयुक्त योजना वनाएर जाने हो भने सरकारसग पौसाको अवभाव नभएको कुरा राख्दै हामीसंग विकासका बारेमा सकरात्क सोच हुन प¥यो परियारको भनाई थियो। 
सोही अवसरमा बोल्दै क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक तारानाथ पौडेलले स्थानीय स्तरमा जनताबाट पौसा संकलन गरि बनाएको अस्पताल प्रति विश्वास कम भएकाले जुन अवस्थाबाट माथी जानु पर्ने यो अस्पताल जान नसकेको सुझाव दिदै विश्वासको वातावरण सुजना गरि अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए। 
लेखनाथ सामुदायिक लायन्स अस्पताल संचालाक समितिका अध्यक्ष महेश्वर पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्थापक अध्यक्ष डाक्टर कालु शर्मा, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल,लेखनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राममणि अधिकारी,नेकपा एमालेका मोहन गुरुङ,एकिकृत माओवादी केन्द्रका शिवजी लामिछाने,अखण्ड पाटी नेपालका मति गिरी,नयाँ शक्ति नेपालका नन्दवहादुर गुरुङ र सतनदुर्गा नवज्योती माविका प्रधानाध्यापक लिलामणि त्रिपाठी लगाएतले आ आफनो धारणा राखेको सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकास भटराईले अस्पतालको भावी योजनाका वारेमा प्रकास पार्दै सवैको सहयोग र सद्भावको खाचो रहेको धारणा राखेका थिए। 
लेखनाथ सामुदायिक लायन्स अस्पतालका सचिव भरतराज तिवारीले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष मेजर रामप्रसाल गुरुङले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .