BREAKING NEWS

Saturday, November 12, 2016

हङ्कङ कन्स्ट्रक्सन साइटमा दुर्घटनामा पोखराका रबी गुरुङको मृत्‍यु र ३ घाइते


हङ्कङ, २६ कार्तिक । लियान्ताङ हेउङ युन वाइ बाउन्ड्री कन्ट्रोल को लाइटन प्रोजेक्ट अन्तरगतको काम गर्ने क्षेत्रमा साँझ पौने ६ बजे (ओभर टाइम गर्दा) टावर क्रेनले भारी मुभ गर्दा स्काफोल्डमा ठोक्किएर स्काफ्फोल्ड कोल्याप्स भयो । जसले गर्दा सो स्काफ्फोल्डमा काम गरिरहेका चार जना स्काफ्फोल्डर आफू काम गरिरहेको स्थानबाट खसेर घाइते भए।


खसेका मध्ये पोखराका युनलुङ बस्ने रबि  गुरुङको आज बिहान ४ बजे मृत्यु भएको छ। उनक तीन बाल बच्चा श्रीमती सहित हङ्कोङमै बसोबास गर्ने बताइन्छ ।  बाँकी तीन जनामा युवराज, मिलन र एकजना नाम थाह नखुलेका नेपाली मध्ये दुई जना गम्भीर रूपमा घायल हुनाले हस्पिटलमै उपचाररत छन भने एक जना सामान्य उपचार पछि घर फर्किएका छन्। २०१८ को अन्तिमसम्ममा यस पुलले हङकङ र सेन्जेनलाई जोड्ने बताइन्छ, यसरी यो हङकङको चमकदमकमा धेरै नेपालीको रगत- पसीना बगेको छ ।

साभार हत्तेरी डटकम बाट ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .