BREAKING NEWS

Saturday, October 1, 2016

सैनिक बस्ती ग्रुप नं १ समाजमा सुवेदार


भीमपाणि बराल
लेखनाथ,१५असोज।

सैनिक वस्ती ग्रुप नं १ समाज लेखनाथको छैटौं साधारण सभा तथा दोस्रो अधिबेसनले आगामी तिन वर्षका लागि पुन सेबेदार चन्द्र बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा हवल्दार रामबहादुर गुरुङ,सचिवमा हवल्दार लाल बहादुर गुरुङ,सह सचिवमा हवल्दार कृष्ण बहादुर केसी र कोषाध्यक्षमा सुवेदार टेकनसिह गुरुङ रहेका छन् भने समितिको सदस्यहरुमा उमा देवी गुरुङ,चिनमायाँ गुरुङ,विन्दु केसी,शान्ति गुरुङ,सन्तमायाँ गुरुङ,होम बहादुर गुरुङ,टेक बहादुर गुरुङ,सहविर गुरुङ र पुर्ण बहादुर गुरुङ रहेका छन् । यसै गरि सोही भेलाले क्याप्टेन जंग बहादुर गुरुङ,सुवेदार तेज बहादुर गुरुङ,सुवेदार जय बहादुर गुरुङ,हवल्दार भविश्वर घले,पुर्णबहादुर घले र श्रीमायाँ गुरुङलाई चयन गरेको हो ।

समाजका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा हवल्दार भविश्वर घले,सुवेदार जय बहादुर गुरुङ,कप्तान गंगा बहादुर गुरुङ,सैनिक वस्थी गु्रप नं १की अध्यक्ष श्रीमायाँ गुरुङ र सस्थाका सचिव राम बहादुर गुरुङ लगाएतले आ आफनो भनाई राखेका थिए।

सोही अवसरा समाजको विकासका लागि योगदान पु¥याउदै आएका उमा देवि गुरुङ,चिनुमायाँ गुरुङ,होम बहादुर गुरुङ केदार गुरुङ र सहविर गुरुङलाई सम्मान गरिएको थियो।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .