BREAKING NEWS

Thursday, October 6, 2016

लेखनाथको चन्द्रकालिका मन्दिरमा विशेष पुजा


लेखनाथ, २० असोज

लेखनाथ नगरपालिका –७ वडहरेमा रहेको चन्द्रकालिका मन्दिरमा दिनहुँ पुजा आजा हुने गर्दछ । चन्द्रकालिका मन्दिर घटस्थापनाका दिन शिलान्याश गरिएको भन्ने मान्यता अनुसार वडादशैंको पञ्चमीका दिन विशेष पुजाआचा सहित पञ्चवली दिने प्रचलन कायमै छ । विहिवार पञ्चवली दिनुभन्दा अगाडि लेखनाथको डाडानाक स्थित कालिका आमा समूहको भवनवाट निस्केको वाजागाजा सहितको शोभायात्रा अर्घोचोक, कालिगण्डकी शव स्टेशन, गन्धर्वटोल हुँदै चन्द्रकालिका मन्दीरमा पुगेर पुजामा सहभागी भएको थियो। लेखनाथको विजयपुर, खरानेफाट, वुढिवजार, अर्घोचोक, तालचोक, शिशुवा, अर्चले लगाएतका स्थानहरुवाट सर्वसाधारण धुप अक्षता लिएर पुजामा सहभागि मन्दीर पुगे। 

पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि चन्द्रकालिका मन्दिर नयाँ गन्तव्य वन्दै गईरहेको छ । धामिक तथा सास्कृितक महत्व वोकेको यस ठाउमा पुग्ने पर्यटकहरु मन लोभ्याउदै शुन्दर दृष्यावलोकन गरेर फर्कने गर्दछन ।चन्द्रकालिका मन्दीर परिसरवाट लेखनाथ नगरपालिकामा रहेका ६ वटा तालहरु एकैसाथ देख्न सकिन्छ । लेखनाथ र पोखराको शहरी दृष्यावलोकन, उत्तरतर्फ हेर्दा लहरै लागेको चाादीजस्तै टल्कने गणेश हिमाल, अन्नपुर्ण माछापुच्छ«े लगाएतका हिमश्रृङखलाहरुको अवलोकन स्वदेशी तथा विदेशी पर्यटकका लागी पहिलो रोजाईमा पर्ने गर्दछ ।प्रचार प्रसारको अभावमा ओझेलमा परेको चन्द्रकालीका मन्दीरमा पुजाआजा गरेपछि भक्तजनहरुमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । चन्द्रकालिका मन्दिरमा वली चढाएपछि सर्वसाधारणका घरघरमा खसिवोकाको वली दिंदा शुभ हुने जनविश्वास रहेको छ ।

मन्दिरको विकासकालागी अहिले लेखनाथ नगरपालिकाले गुरुयोजना वनाएर अगाडी सरेको छ । सर्वसाधारण र स्थानीय जनताले चासो देखाएपछि चन्द्रकालिका मन्दीरको अहिले १५लाख भन्दा वढी लगानीमा जिर्णेाद्वार गरिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .