BREAKING NEWS

Friday, September 30, 2016

राइजिङ स्टारको रक्तदानमा ४१युनिट रगत संकलन



भीमपाणि बराल
लेखनाथ,१४असोज 

राइजिङ स्टार युथ क्लब लेखनाथ २ ले सुक्रवार राखेको खुल्ला रक्तदानमा ४१युनिटरगत संकलन भएको छ ।
क्लबका सदस्य स्व.ज्ञान बहादुर पुनको स्मृतिमा र पूनले क्लबमा रहँदा गरेको योगदानको स्मरण गर्दै राखिएको  रक्तदानमा पहिलो रत्तदाता क्लवका कोषाध्यक्ष विष्णु पुनलाई स्वर्गीय पुनकी श्रीमती विष्णुकुमारी मगरले ब्लड ब्याग हस्तान्त्रण गरि कार्यक्रम सुरु भएको थियो।  

 क्लबका सदस्य रहेका पुनको गत भाद्र महिनामा लेखनाथकै अघौं चोकमा सडक र्दुघटनामा परी निधन भएको थियो । उनी टे«डयूनियन कांग्रेसका जिल्ला सदस्य तथा तरुणदल लेखनाथ २का सभापतिसमेत रहेका थिए । 

क्लवका अध्यक्ष योगेश गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य सस्थापक अध्यक्ष पुर्णकुमार गुरुङले गरेका थिए भने कार्यक्रम संचालन  सचिव श्याम खनालले गरेका थिए ।

 यसै गरी क्लबले शनिवार  चिट्ठाको नतिजा प्रकाशन गर्नुका साथै दशैं शुभकामाना का लागि राष्ट्रिय स्तरका लोक दोहोरी कलाकारहरु द्धारा कार्यक्रम गरी वडा नं २ लामातरामा रहेका कुष्ठरोगीहरुलाई लत्ता कपडा वितरण , वालवालिकाहरुका लागि खेल , तथा बृद्धहरुको सम्मान कार्यक्रमको आयोजनासमेत गरेको  क्बलका निवर्तमान अध्यक्ष कृष्ण गुरुङले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .