BREAKING NEWS

Saturday, October 1, 2016

रोटरी र रोट्याक्टको शुभ कामना आदान प्रदान


लेखनाथ,१५ असोज

रोटरी क्लव अफ लेखनाथ र रोट्याक्ट क्लव अफ लेखनाथले विजया दशमी तथा शुभ दिपाबलीको अवसर पारेर शनिवार सामुहिक रुपमा शुभ कामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले आफनो मौलीक चाडवाडलाई तडक भड्क रुपमा नभई सस्कृतीको जगेर्ना गर्ने उदेस्यले मनाउनका लागि सवैमा अनुरोध गरेका थिए।

रोटरी क्लव अफ लेखनाथका अध्यक्ष ईबिन्द्रराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा काग्रेस नेता नन्दप्रसाद तिवारी, रोटरी क्लव अफ लेखनाथका सस्थापक अध्यक्ष उमेश कुमार आचार्य, रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष नवराज पौडेल, रोट्याक्ट समन्वयकर्ता मिलन तिवारी र रोटरी क्लव अफ लेखनाथका सचिव विष्णु प्रसाद गौतम लगाएतले शुभ कामना मन्तव्य राखेका थिए।



Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .