BREAKING NEWS

Sunday, October 23, 2016

लेखनाथमा पहाडी वडाहरुलाई समेटेर नयाँ खानेपानी योजना प्रस्ताव


लेखनाथ, ७ कार्तिक

कास्कीको लेखनाथ नगरपालिकाका र कालिका गाविसका केही पहाडी वडाहरुलाई समेटेर नयाँ खानेपानी योजना प्रस्ताव गरिएको छ । नेपाल सरकारको ७०प्रतिशत अनुदान र उपभोक्ताको ३० प्रतिशतको सहलगानीमा बन्न लागेको खानेपानी तथा सरसफाई आयोजनाका लागि पहिलो चरणको डिपि आर सम्पन्न भई कामलाई अगाडि वढाईने भएको हो । योजना क्षेत्रका बासिन्दाहरुलाई शुद्ध र स्तरीय खानेपानी उपलब्ध गराउने उदेस्यले अगाडी सारिएको योजनामा भुमिगत पानीलाई दीप बोरिङवाट पानी तानी पम्पको साहायताले चार ठाउमा पानी संकलन केन्द्र वनाई पहाडी वडाका वासिन्दाहरुलाई वितरण गरिने भएको छ। कुल २६करोड ६०लाख आठ हजार दुई सय ७०को लागत ईष्टमेट रहेको योजनाले लेखनाथ नगरपालिकाको वाड नं ४,५,६,७ र ९का पहाडी भेकका उपभोक्ता र कालिका गाविसका वडा नं ३र ४का एक हजार सात सय छ घर धुरीका वासिन्दाहरुलाई खानेपानी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ अगामी दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरि तयार पारिएका योजनाले पाँच प्रतिशत जनसंख्या बृद्धिदरलाई मध्यनजर राख्दै १५ वर्षसम्मको जनसंख्यालाई धान्न सक्न गरि योजना तयार पारिएको सस्थाका अध्यक्ष बोधराज लामिछानेले जानकारी दिएका छन् ।

लेखनाथ नगरपालिकाको विजयपुरमा निर्माण गरिएको डिप बोरिङबाट थापा थर,वंजरा थर,पिपलसारे हुदै लेखनाथ ४को नरेसपुरको देउराली डाडासम्म लिफटिङ् प्रणालीवाट पानी तानी उपभोत्ताहरुलाई खानेपानीको सुविधा दिईने भएको छ । खानेपानी तथा सरसफाई ढल निकास विभागको सहलगानीमा बन्न लागेको योजनाको डिपि आर सम्पन्न योजनाका वारेमा जानकारी दिने उदेस्यले आईतवार राखिएको कार्यक्रममा सामाजिक संघ सस्थाका प्रतिनिधीहरुले योजना सम्पन्न गर्नका लागि सवैको सहयोग र सद्भावको आवस्यकता रहनेमा जोड दिएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .