BREAKING NEWS

Monday, October 17, 2016

नेत्रहिन संघको वेल शिक्षण तालिम

लेखनाथ,१ असोज। 
नेपाल नेत्रहिन संघको आयोजना र प्लान नेपालको सहयोगमा १०दिने वेल शिक्षण प्राविधिकरण तालिम सोमबार देखि लेखनाथमा सुरु भएको छ। 

द्धिष्टी विहिन शिक्षकहरुलाई लक्ष्यीत गरि आयोजना गरिएको तालिमको सुभारम्भ गर्दै कास्कीका जिल्ला शिक्षा अधिकारी संकर गौतमले दिष्टी विहिनहरु शारीरीक रुपमा कमजोर देखिए पनि मानसिक रुपमा कमजोर नभएको उदाहरण दिदै ब्यवहारीक र प्रयोगात्मक शिक्षाबाट अगाडी वढ्न आग्रह गर्दै विकल्प सहितको योजना लिएर आए आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए। 

सिकाईलाई प्रभावकारी तरिकाले अगाडी वढाउन अनुरोध गर्दै जिसिअ गौतमले अगेजी ब्रनलिपीको विकास गरि कम्प्युटरको माध्यबाट शिक्षण सिकाईलाई अगाडी बढाउनु पर्ने आवस्यकता समेत औल्याएका थिए। 

नेपाल नेत्र हिन संघका अध्यक्ष रमेश पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय अपा·ता महासंघ कास्कीका अध्यक्ष हेम बहादुर गुरुङ,नेत्रहिन संघका केन्द्रिय सचिव शिशिर खनाल लगाएतले आ–आफनो धारणा राखेका थिए।

नेपाल नेत्र हिन संघका केन्द्रिय सदस्य खुमराज शर्माले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कास्की नेत्र हिन संघका अध्यक्ष लक्ष्मण सुवेदीले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .