BREAKING NEWS

Wednesday, October 5, 2016

लेखनाथको शिसुवामा नवदुर्गा महोत्सव

लेखनाथ,१८असोज।

विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर कास्कीको लेखनाथ नगरपालिका वडा नं ८ शिसुवाका चौथो नवदुर्गा महोत्सव संचालन गरिएको छ।

त्रिनेत्रेश्वर मन्दिर ब्यवस्थापन समितिको आयोजना र स्थानिय विभिन्न सामाजीक संघ सस्था तथा आमा समुहको सहयोगमा नव रात्रीको पहिलो दिन घटस्थापना देखि सुरु भएको नबदुर्गा महोत्सवमा जेष्ठ नागरिक देखि युवाहरुलाई समेत लक्षीत गरि श्रीमद् देवि भागवत पुराण वाचन गरिएको समितिका सचिव उपेन्द्र पौडेलले जानकारी दिएका छन्। नवरात्रि भरी सांगीतीकमय प्रवचन हुने कार्यक्रममा पण्डित बन्धुराज खनाल प्रमुख बाचक र उप वाचकमा पण्डित कृष्ण प्रसाद लामिछाने रहेका छन् ।

नमवीको दिनसम्म चल्ने प्रवचन पछि पुर्णिमाका दिन देवि विशर्जन गरि पुजापाठको कार्य सम्पन्न हुने भएकाले सम्पुर्ण भक्तजनहरुलाई उपस्थिती भई पुण्य ज्ञान लिनका लागि मन्दिर संरक्षण समितिका अध्यक्ष नविन जमरकटेलले सवैमा अनुरोध गरेका छन् । साथै पुजाको अवधिभर भजन कृतन र साझ दिप प्रज्वल गरि नित्य पुजाका कार्यक्रमहरु चलेको  समितिका सदस्य ऋषिराम जमकटेलले जानकारी दिएका छन् ।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .