BREAKING NEWS

Thursday, October 27, 2016

नविन टोल विकास संस्थामा घिमिरे


कविराज खनाल, 
लेखनाथ, ११ कार्तिक ।

लेखनाथ नगरपालिका वडा नं.–१३ रहेको नविन टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले आगामी कार्यकालका लागि मुकुन्दराज घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सर्वसम्वतरुपमा चयन भएको समितिको उपाध्यक्षपदमा निर्मला तिवारी, सचिवमा तीर्थराज ढकाल, कोषाध्यक्षमा सोविता ढकाल र सदस्यहरुमा पवित्रा आले, दिपेन्द्र तिवारी र सलिनवक्स मिँया चयन भएका हुन्। 

समितिका अध्यक्ष मुकुन्दराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय समाजसेवी प्रकाशचन्द्र पागलले टोलको विकासका लागि स्वयम टोलवासीहरु संगठीत भएर सहमति र सहकार्यका आधारमा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .