BREAKING NEWS

Friday, October 28, 2016

‘लेखनाथ क्षेत्रको विकासमा होटल व्यवसायीको योगदान होस्’


पोखरा, १२ कात्तिक
लेखनाथ नगर क्षेत्र पर्यटकीय हिसावले देशभरीमै सबै भन्दा धेरै संभावना बोकेको ठाउँ भएकोले यहाँ संचालित होटलहरु जिम्मेबार र पद्दतीमूलक हुनु पर्ने बिभिन्न क्षेत्रका बिज्ञहरुले बताएका छन् । पर्यटन विकास नै लेखनाथ विकासको सबैभन्दा ठूलो पूर्वाधार भएको उनिहरुले बताएका छन् । होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथले बिहीबार लेखनाथको रुपाकोटमा आयोजना गरेको आठौं साधरणसभालाइ संबोधन गर्ने क्रममा उनिहरुले सो कुरा बताएका हुन् ।  कार्यक्रममा बोल्ने धेरै बक्ताहरुले लेखनाथ संभावना भएर पनि पूर्वाधार विकासका हिसावले
पिछडिएको भन्दै दुख व्यक्त गरेका थिए । उनिहरुले नगरविकासका लागि होटल व्यवसायिको चासो र सक्रियता भएपनि संबन्धित निकायहरुको उचित ध्यान र सहकार्य नपुगेका कारण समस्या हरु आएको बताएका थिए ।
सहकार्य, तालिम र प्रोत्साहन द्धारा लेखनाथका होटल व्यवसायिको योगदान विकासका लागि उत्पादनमूलक बनाउन सकिने उनिहरुको विचार थियो ।  कार्यक्रममा बोलदै प्रमुख अतिथि तथा आन्तरीक राजस्व कार्यालय कास्कीका प्रमूख लेखनाथ शर्माले लेखनाथ क्षेत्रका धेरै होटलहरुलाइ कर प्रणालीको दायरामा ल्याएर लेखनाथलाइ राष्ट्रिय तथा अन्तराष्टिय रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

विकासका लागि योगदान दिनका लागि आफ्ने ठाउँ र व्यवसायको ‘ब्राण्ड’ स्थापित गर्नै पर्ने बताउँदै राज्यले दिएको मापदण्ड अनुरुप कर तिर्न उनले सबै होटल व्यवसायिहरुलाइ आग्रह गरे । कार्यक्रमकैबीच , लेखनाथ नगरपालिका कार्यालयका निमित्त कार्यकारी प्रमुख राममणी अधिकारीले पर्यटकिय संभावना बोकेका लेखनाथका ठाउँलाइ विकासको मूलधारमा समेट्न संरक्षण कोष स्थापना गर्न पहल गर्ने तयारी लेखनाथ नगरपालिकाले गरिरहेको जानकारी दिए । उनले होटल व्यवसाय सम्बद्ध निकायहरुले आफ्नो क्षेत्रमा आउने पर्यटकको तथ्यांक राख्न पनि पहल गर्नु पर्ने बताए । आफ्नो कार्यक्षेत्र अन्तर्गतका सबै होटललाइ दर्ता प्रक्रियामा ल्याइ आधिकारीक व्यवसायिक बनाउन पनि उनले आग्रह गरे ।
यसैक्रममा, कार्यक्रमा बोल्दै लेखनाथ उद्योग बाणिज्यसंघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले लेखनाथ नगर क्षेत्रमा नयाँ नयाँ पर्यटकिय गन्तव्य पहिचान गर्न सबै क्षेत्रको हातेमालो र सहकार्य आवश्यक रहेको बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .