BREAKING NEWS

Wednesday, October 5, 2016

लेखनाथ उद्योग वाणिज्य संघद्धारा क्षेत्रिय प्रशाशकलाई स्वागत तथा सम्मान


लेखनाथ १९, कास्की

पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम कास्की, पोखरामा हालै मात्र आफ्नो सेवाको क्रममा सरुवा भई आउनुभएका पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक खगराज वरालकोे स्वागत तथा सम्मान कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा वुधवार सम्पन्न भयो ।
लेखनाथ  उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रम अध्यक्ष त्रिपाठीले क्षेत्रिय प्रशाशकलाई कार्यकालको शुभकामना व्यक्त गर्दै विकासका लागि संघले अगाडी सारेका आर्थिक तथा सामाजिक विकासका निम्ती विभिन्न संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा तालहरुको संरक्षण र प्रवद्र्धन, विद्युतको सिटि फिडर, इलाका प्रहरी कार्यालय डाडाकोेनाक स्तरबृद्धि, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण, क्षेत्रिय वस टर्मिनल निर्माण, पोखरा अन्तराष्ट्रिय चिडिया घर निर्माण, मालपोत र नापाी कार्यलयको स्थापना लगायत योजनाहरुलाई मुर्त रुप दिनका लागि अनुरोध गनुभएको थियो ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक खगराज वरालले योजनाहरु वनाईने, वनेका राम्रा योजनाको कार्यान्यवय पक्ष तर्फ ध्यान दिनुका साथै संवृद्धिका लागि निजी क्षेत्रको परिचालन अपरिहार्य भएको औल्याउदै वृहत्तर पोखराको अवधारणालाई अगाडी वढाउन व्यवसायीहरुको महत्वपुर्ण स्थान रहनु र कानुन सम्ववतले प्रकृयागत रुपमा वढन आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, पुर्व अध्यक्ष सुमन भट्टराई, लेखनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राममणी अधिकारी लगायतका विभिन्न संघ संस्था, राजनैतिक पाटीका प्रमुख तथा प्रतिनिधी र संचारकर्मी लगायतले आ आफ्नो भनाई सहित शुभकामना आादान प्रदान गर्नुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले गर्नूभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .