BREAKING NEWS

Wednesday, October 26, 2016

लेखनाथ उद्योग वाणिज्य संघद्धारा जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई स्वागत

लेखनाथ १०, कास्की
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला शिक्षा कार्यालय कास्कीमा नव नियुक्त जिल्ला शिक्षा अधिकारी शंकर गौतमकोे सम्मानमा स्वागत तथा छलफल कार्यक्रम वुधवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।



जिल्ला शिक्षा अधिकारी शंकर गौतमले सकारात्मक सोच र सहकार्यवाट अगाडी वढेको खण्डका शिक्षाको विकास हुने धारणा राख्नुहुदै कुनै पनि अपुरा काम कार्य भएमा भावी पिडीका लागि सोचि विधि विधान अन्तरगत रही आफुले गर्नुपर्ने कार्य छिटो भन्दा छिटो गर्ने प्रतिवद्धता राख्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई स्वागत गर्दै संघले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा गरेका कार्यका वारेमा जानकारी गराउनुभएको थियो । साथै १३ औं पटक आयोजना हुन लागेको लेखनाथ महोत्सव २०७३ लाई सवैले आ आफ्नो स्थानवाट सहयोग गर्नका लागि आग्रह गर्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी, श्रोत व्यक्ति विष्णुप्रसाद तिवारी, जनप्रकाश उच्च मा.विका पुर्व प्रचार्य कृष्णराज पौडेल, त्रिभुवन शान्ति मा.वि.का प्र.अ. मित्रलाल सापकोटा, गोल्डेन नेचर वोडिङ स्कुलका प्राचार्य प्रेमप्रसाद शर्मा, सिद्धीविनायक वोडिङ स्कुलका ज्ञानेन्द्र मोेहन भट्टराई, डायमण्ड वोडिङका यम रोका, जनप्रकाश मा.वि.का शिवमणी भण्डारी, गोगन मा.विका डम्वर प्रसाद पौडेल लगायतका लेखनाथमा अवस्थित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्राचार्यहरुले महोत्सव यस क्षेत्रको पहिचान भएकाले आ आफ्नो क्षेत्रवाट सहयोग गर्ने धारणा राख्दै नव आगन्तुत जिल्ला शिक्षा अधिकारीलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा संघका उपमहासचिव भरतकुमार अधिकारीले संचालन गर्नुभएको थियो भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .