BREAKING NEWS

Sunday, October 23, 2016

दीपशिखा सामुदायिक पुस्तकालयमा विपत ब्यवस्थापन सम्वन्धी अन्तरक्रिया


लेखनाथ, ७ कार्तिक

दीपशिखा सामुदायिक पुस्तकालय र नेपाल रेडक्रस सोसाईटी कास्की साखाको संयुक्त आयोजनामा शनिवार लेखनाथमा विपत ब्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छकार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेव ढुगानाले रेडक्रसले आपत र विपतमा परेकालाई सहयोग गर्दै मानविय सेवामा समर्पित हुदै आएको विचार राखेका थिएदीपशिखा सामुदायिक पुस्तकालयका उपाध्यक्ष तथा कार्यक्रमम संयोजक होमनाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पुस्तकालयका अध्यक्ष कृष्णहरी भण्डरीले समाजमा सकरात्मक सन्देश दिनका लागि यस प्रकारका तालिम तथा अन्तरक्रियाले सहयोगिको भुमिका निभाउने धारणा राखेका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्कीका कार्यालय प्रमुख खेमराज शर्माले बिपत व्यवस्थापन र प्रहरी नायव निरिक्षक राजकुमार के शीले ट्राफिक नियम र सडक दुर्घटना न्युनिकरणका उपायका वारेमा सहजिकरण गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .