BREAKING NEWS

Sunday, October 2, 2016

फेवा विकास बैकको २८औं शाखा लेखनाथमा

बैक सवैको हो भन्ने भावनाले अगाडी वढौंःश्रेष्ठ

भीमपाणि बराल
लेखनाथ,१६असोज।

नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैक सवैको हो भन्ने भावनाले अगाडी वढ्न सवैमा अनुरोध गरेका छन् ।


फेवा विकास बैक लिमिटेडको २८औं साखाको आईतवार लेखनाथमा समुद्घाटन गर्दै डेफुटी गभर्नर श्रेष्ठले राष्ट्र बैकले जनतासँग प्रत्यक्ष रुपमा काम नगरे पनि बैकहरुको माध्यमबाट जनताको लगानीलाई सुनिश्चीत गर्ने कार्यमा बैकहरुलाई निर्देशन दिईरहेको कुरा बताएका हुन्।


बैक स्थापना सिमित ब्यक्तिहरुको लगानीबाट भए पनि ती बैकहरु जनताका हुन् र जनताको सम्पत्तीलाई रक्षा गर्ने काम राष्ट्र बैकको भएको धारणा राख्दै ग्रामीण तहसम्म बैकको पौच नपुगेको हुदाँ विकास बैकहरुले आफनो सेवा विश्तार गर्दै जनतालाई बैकसम्म आउने वातावरण मिलाउन उनले आग्रह गरेका थिए।


समग्र देशको अर्थतन्त्रमा सहयोग पुग्ने गरि बैकहरुले काम गर्दै आएको धारणा राख्दै डेफुटी गभर्नर श्रेष्ठले नेपालको तथाङमा ४२ प्रतिशत जनता मात्र कुनै न  कुनै बैकबाट सेवा लिए पनि वाकी रहेका जनता बैकको पौचवाट टाडै रहेकाले वाकी रहेका जनतालाई बैकको महत्व र उपयोगीताका बारेमा जानकारी गराउदै सेवा विस्थारमा बैकहरु लाग्नु पर्छ उनको निर्देशन थियो।




बैका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल राष्ट्र बैक पोखरा शाखाका प्रमुख चिरञ्जीवि चापागाई,लेखाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवाली,गण्डकी विकास बैकका अध्यक्ष पदमप्रसाद पौडेल,बैकर्स एसोसियसका सचिव गोबिन्द ढकाल लगाएतले लेखनाथबासीलाई सेवा दिने उदेस्यले स्थापना भएको बैकले सहज र सरल रुपमा सेवा दिन सक्नु पर्ने सुझाव राखेका थिए।

कुल ९९करोड ५०लाख चुक्ता पुँजी रहेको बैकले निकट भविश्यमा पोखरा कै गण्डकी विकास वैकसँग एकिकरण गरी नेपाल राष्ट्र बैकले तोके अनुसार कै दुई अर्व ५०करोड पु¥याउने लक्ष्य राखेको लेखनाथ साखाका शाखा प्रमुख सन्तोष गुरुङले जानकारी दिएका छन्।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .