BREAKING NEWS

Thursday, October 27, 2016

रिठेपानीका प्रमिश गुरुङले गरे बृद्धाश्रममा सहयोग


लेखनाथ, १० कार्तिक 



लेखनाथ २ रिठेपानी निवासी प्रमिश गुरुङले लेखनाथको सहेलापाखामा रहेको कृष्ण प्रणामी राधाकृष्ण बृद्धाश्रममा बुधबार एक कार्यक्रमका विच जिन्सी तथा खाद्यान्न सहयोग गरेका छन् । कार्यक्रका मूख्य अतिथिका रुपमा वोल्दै पत्रकार विष्णु्हरि पौडेलले दीपावालीको अवसरमा युवाहरुले जुवा तास र फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै गरिएका यस्ता प्रकारका सहयोग महत्वपूर्ण हुने बताए । पत्रकार सुमन जिसीले दानको महत्व बताए । सहयोग दाता गुरुङका हजुरवुवा जस बहादुर गुरुङले परोपकार नै पुण्य भएको बताउँदै नातिले गरेको कामको सराहना गरेका थिए । 
वृद्धाश्राम सन्चालक समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव तिलकशाली अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सहयोगी रोहित गुरुङ, सन्देश गुरुङले चामल, तरकारी, चिनी , चियापत्ती ,विस्कुट , दोसल्ला , फलफुल गरी २० हजार वरावरको सहयोग प्रदान गरिएको बताए । कार्यक्रमको सन्चालन आश्राम सन्चालक समितिका सदस्य महेश्वर पाण्डेले गरेका थिए । उक्त अवसरमा रिठेपानी निवासी मीन प्रसाद गुरुङले बृद्धाश्रमको आजीवन सदस्यता ग्रहण गरेका थिए





Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .