BREAKING NEWS

Friday, October 7, 2016

जन्मदिनमा बृद्धबृदालाई सहयोग


भीमपाणि बराल
लेखनाथ,२१असोज।
लेखनाथ नगरपालिका वडा नं २ रिठेपानी निवासी युवा ब्यवसायी बुद्ध गुरुङले आफनो ३५औं जन्मोत्सवको अवसर पारेर बृद्धाश्रमलाई सहयोग गरेका छन्।

गुरुङले शुक्रवार आफनो जन्मोत्सवको अवसर पारेर परिवार सहित लेखनाथको वडा नं १३ मा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगी १५ थान काठका कुर्ची, खाद्या सामाग्री र फलफुल आश्रममा वसोवास गर्दै आएका बृद्धबृदाहरुलाई हस्तान्त्रण गरेका हुन् ।
सहयोग सामाग्री हस्तान्त्रण गर्दै गुरुङले बृद्धबृदालाई सहयोग गर्न पाउदाँ खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यत्त गरेका थिए। साथै उनले चाडवाडको समयमा बृद्धबृदाहरुसंग वसेर खुसी साटासाट गर्न पाउदाँ मनमा आनन्दको अनुभुती भएको र बृद्ध बृदालाई गरिने सहयोगबाट वास्तवीक रुपमा धर्म मल्ने विचार समेत राखेका थिए।

आश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको सो कार्यक्रममा गुरुङकी श्रीमती विष्णु गुरुङ ,आश्रम संचालक समितिका उपाध्यक्ष विष्वराज लामिछाने र सचिव सोभामोहन पौडलले सहयोगी हातहरुलाई बृद्धबृद्धाको आशिरवाद लाग्ने भएकाले जन्मोत्सव लगाएत अन्य पुण्य कार्यमा गरिने  फजुल खर्च कटाएर बृद्धबृदालाई सहयोग गर्दा पुण्य मिल्ने विश्वास ब्यक्त गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .