BREAKING NEWS

Saturday, October 29, 2016

अष्ट्रेलियामा बसोवास गर्दै आएका लामिछाने परिवारको सहयोग


लेखनाथ, १३ कार्तिक ।
लेखनाथ नगरपालिका वडा नं.–६ स्थायी घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आएका लामिछाने परिवारले लेखनाथ नगर क्षेत्रका विद्यालय र पहिरो पिडितलाई आर्थिक सहयोग गरेका छन् । 

विगत लामो समय देखि अस्ट्रेलियामा बसोवास गर्दै आएका प्रकाश मणि लामिछाने र श्रीमती पुष्पा लामिछानेले पठाएको सहयोग रकमलाई उनका दाजु राजेन्द्रमणि लामिछानेले एक कार्यक्रमका विच लेखनाथ नगरपालिका वडा नं. ४ मा रहेको अम्वर ज्योति आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुग्नेगरी रु. ४० हजार रकम विद्यालयका प्रध्यानाध्यापक मदन प्रकाश वराललाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी गत भदौ महिनामा लेखनाथ नगरपालिका वडा नं. ४ को पैते डाँडामा आएको पैहिरो पिडित परिवार खुसी नेपाली, चन्द्रमाया श्रेष्ठलाई जनही पाँच हजार पाँच सय नगद सरक सहयोग गरेका थिए । त्यसैगरी पहिरो पिडित अर्घौ वेसी थुम्कोका खिमवहादुर मगरलाई  तीन हजार सात सय ८५ नगद प्रदान गरीएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .