BREAKING NEWS

Sunday, October 2, 2016

पोखराको बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ जना घाइते

पोखरा, १७ असोज - काठमार्डौँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते यात्रुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बगरका प्रहरी नायब निरीक्षक शिवबहादुुर खत्रीले जानकारी दिनुभयो ।

एउटा बसले अर्को बसलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको थियो र बसका चालक कृष्णबहादुर बूढालाई नियन्त्रणमा लिएको छ । रासस

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .