BREAKING NEWS

Wednesday, October 5, 2016

वडा नागरिक मञ्च लेखनाथ १२ मा सचेतना कार्यक्रम


लेखनाथ, १९ असोज

लेखनाथ नगरपालिकाको वडा नं १२ को सार्वजानीक ठाउमा धुम्रपान र मध्यपान बन्द गर्रौ , लेखनाथलाई स्वच्छ र सम्बृद्ध नगर बनार्औं भन्ने मूल नाराका साथ बुधाबार सचेतनात्मक र्याली निकालीएको छ।
वडालाई वातावरण मैत्री बनाउने उदेस्यले वडा नागरिक मञ्चको आयोजना र स्थानीय सामाजिक संघ सस्था एवंम राजनितीक दलका प्रतिनिधीहरुको सहभागितामा शान्तिनगर टोलको पानी टंकीवाट सुरु भएको र्यालीले विभिन्न ठाउको परिक्रमा गरि गगनगौडा बजार चोकमा पुगी कोणसभाको आयोजना गरेको थियो।  कार्यक्रममा वौल्दै लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी,ईन्जिनियर रविचन्द्र घिमिरे र सम्पूर्ण महिलाहरुको तर्फबाट लालीगूराँस आमा समूहकी अध्यक्ष संगीता पूनले लेखनाथ नगरपालिकालाई वातावरण मैत्री बनाउनका लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको बिचार राखेका थिए।  आफनो घर टोल सफा राखौं,प्लास्टिक जन्य फोहोरको उचित ठाउमा विर्शजन गरौं भन्दै निश्किएको र्यालीले सचेतना मूलक सन्दैस दिदै सरसफाईलाई जोड दिएको टोल विकास सस्था वडा नं १२ का समोन्वय समितीका संयोजक खेम वास्तालाले जानकारी दिएका छन् ।
वडा नागरिक मञ्च १२ की अध्यक्ष गिता सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य सह संयोजक सप्तनाथ कुवँरले गरेका थिए भने कार्यक्रमको संचालन सामाजीक परिचालक संयोजक जानुका पराजुलीले गरेकी थिईन्। सोही अवसरमा आफूहरु दुर्व्यसनीमा फसेर पछि परिवर्तन नेपालको साहारामा आफुमा सुधार भएको गीत मार्फत सन्देश दिएका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .