BREAKING NEWS

Saturday, October 29, 2016

राष्ट्रहितका लागि दलहरुका विच सहमति अपरिहार्यःगुरुङ


भीमपाणि बराल
लेखनाथ, १३ कार्तिक।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय नेता तथा प्रदेश नं ४का इन्चार्ज देब गुरुङले राष्ट्रहितका लागि दलहरुका विच सहमति अपरिहार्य भएको वताएका छन्। 
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लेखनाथ नगर समितिले सनिवार दशै ,तिहार,नेपाल सम्वत तथा छट पर्वको अवसरमा राखेको सुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा वोल्दै नेता गुरुङले जनताको त्याग र वलिदानवाट आएको संविधान कार्यान्योन र दीगो शान्तिका लागि दलहरुका विच एकता हुनै पर्नेमा जोड दिएका हुन्।

दलहरुका विच चिसिएको वातावरणलाई मत्थर पार्न र राष्ट्रहितका सवालमा एकै ठाउमा उभिनु पर्ने धारणा राख्दै नेता गुरुङ दलहरुका बिच आन्तरीक द्धोन्दको स्थीती सृजना गरि बाहिरी शक्तिहरु चलखेल गरिरहेको अवस्थालाई मध्यनजर राख्दै र आगामी चैत मसान्ता भित्र स्थानिय तहको निर्वाचनलाई सम्पन्न गर्नका लागि पनि दलहरुका विच राष्ट्रिय एकताको आवस्यक छ उनको भनाई रहेको थियो।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लेखनाथ नगर समितिका संयोजक शिवजी लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,नेपाली काग्रेस लेखनाथ नगरसमितिका अध्यक्ष राजेन्द्रमणि लामिछाने,राप्रपा नेपालका लेखनाथ नगर अध्यक्ष हरिवहादुर  जिसी र अखण्ड पाटी नेपालका लेखनाथ नगर अध्यक्ष मोती गिरी लगाएतले दलहरुका विच राष्ट्रिय सहमति नहुदाँ वाहिरी शक्तिले चलखेल गर्ने अवसर पाएकाले यसका लागि दलहरुले वेलैमा सोच्नु पर्ने सुझाव दिएको कार्यक्रमको संचालन नगर सचिव अर्जुन मल्लले गरेको लेखनाथबाट हाम्रा सहयोगी पत्रकार भीमपाणि बरालको समचारमा उल्लेख गरिएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .