BREAKING NEWS

Saturday, October 1, 2016

शिशुवा कृषि सहकारीमा बास्तोला


लेखनाथ, १५ असोज।

लेखनाथ ७ शिशुवामा रहेको शिशुवा कृषि सहकारी सस्थाको १०औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले आगामी कार्यकालको लागि लक्ष्मण बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा विष्णु भण्डारी,सचिवमा नविनप्रसाद बास्तोला,कोषाध्यक्षमा राजु शर्मा र सह सचिवमा भरतराज न्यौपाने रहेका छन् भने समितिको सदस्यमा ध्रुव कल्पीत सुवेदी,पुरन घले,नवराज भटाराई र सारदा बास्तोला रहेकी छन् । यसै गरि सोही भेलाले लेखा समितिको संयोजकमा प्रमोद पौडेल र सदस्यहरुमा डम्वरु बल्वभ चापागांई र खेमराज बराल चयन गरेको छ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका प्राचार्य बद्रिनाथ अधिकारीले  सहकारीले सेयर सदस्यको पौसा जम्मा गरि ऋण लगानी गर्नु भन्दा छरिएर रहेको पुँजीलाई एकिकृत गरि कृषि उत्पादनमा लगानी गर्नु पर्नेमा जोड दिएका थिए।

सस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कडेल,लेखा परिक्षक एल के शर्मा,लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओझा,कामना बिकास बैकका लेखनाथ शाखा प्रमुख हरि बुढाथोकी,जिल्ला सहकारी संघका सदस्य कुशलवावु लगाएतले आ आफना भनाई राखेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .