BREAKING NEWS

Monday, October 3, 2016

सञ्चारिका समुहको लेखनाथमा अन्तरक्रिया



लेखनाथ, १७ असोज।

सञ्चारिका समुह पश्चिमाञ्चलको आयोजनामा सोमबार लेखनाथ नगरपालिकाको कार्यालयमा सांस्कृतिक शसक्तिकरण र महिला विकास विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्दै राष्ट्रिय मानवधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका प्रमुख सूर्य बहादुर देउजाले शसक्तिकरण सकारात्मक भए मात्रै महिला विकास हुने भन्दै महिलाहरु आफैमा सन्कुचित हुन नहुने धारणा राखेका थिए भने नेपाल पत्रकार माहासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञावालीले सामाजिक एकतामा जोड दिएका थिए ।

सोही अवसरमा पारालिगत कमिटी लेखनाथकी अध्यक्ष कोपिला रानाभाटले महिलाहरुको क्षमता अभिबृद्धि गरिनु पर्नेमा जोड दिइन् । यसै गरी लेखनाथ नगरपालिका सामुदायिक शाखाकी प्रमुख मीना भण्डारीले महिलाहरु आफै अग्रसर हुनु पर्ने धारणा राखेकी थिइन् ।



समुहकी महासचिव कविता श्रेष्ठद्धारा प्रस्तुत गरिएको कार्यपत्र माथि छलफल गर्दै अधिकांश सहभागीहरुले महिलाहरुले परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्नेमा जोड दिएका थिए । सञ्चारिका समुह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्माको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा लेखनाथ नगरापालिकाका इन्जिनियर जगन्नाथ कोइराला , लेखा शाखाका प्रमुख चन्द्रकान्त पौडेल, सञ्चारीका समुह तनहुँकी अध्यक्ष सन्तोषी श्रेष्ठ , सञ्चारकर्मीहरु नवराज सापकोटा, राजन परियार , विष्णुहरि पौडेल, सुमन जिसी लगाएतले सांस्कृतिक शसक्तिकरणले महिलाहरुमा सकारात्मक पक्षको विकास हुनुपर्नेमा जोड दिंदै बर्तमान पुस्तामा बढ्दै गएको सांस्कृतिक विचलन कम गर्ने तर्फ सोच्नु पर्ने वेला आएको बताए ।  सञ्चारीका समुहकी सदस्य कन्चन थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक स्मिता अधिकारीले गरेकी थिइन् ।












Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .