BREAKING NEWS

Thursday, October 27, 2016

लेखनाथ पत्रकार मञ्चको पुनर्गठन



लेखनाथ, ११ कात्तिक

लेखनाथ क्षेत्रको सम्वृद्धिका लागि पत्रकारीता भन्ने मूल नाराका साथ स्थापना भएको लेखनाथ पत्रकार मञ्चको विहीवार भएको आम भेलाले समितिको पुनर्गठन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको तदर्थ समितिको संयोजकमा भीमपाणी बराल, सहसंयोजकमा कविराज खनाल , सचिवमा विष्णुहरि पौडेल, सहसचिवमा स्मीता अधिकारी र कोषाध्यक्षमा सन्दिप पौडेल र समितिको सदस्यहरुमा महेन्द्र ढुंगाना र राजन परियार रहेका छन । त्यसैगरि सोहि भेलाले प्रस्तावित विधान माथी छलफल गरि मस्यौदा समितिको संयोजकमा कविराज खनाल र सदस्यहरुमा महेश्वर पाण्डे र भरत प्रसाद तिवारीलाई जिम्मा दिईएको छ ।

यसैबिच विहीवार भएको कार्यसमितिको बैठकले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समितिमा नवराज सापकोटा, राम प्रसाद तिमिल्सीना, ऋषिकान्त पौडेल, हरि वास्तोला र राजेश कुमार घिमिरे रहेका छन । पुर्नगठित समितिले आगामी तीन महिना भित्र मञ्चको विधान दर्ता गरि छ महिनाभित्र साधारसभ गर्ने उद्धेश्य राखेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .