BREAKING NEWS

Monday, October 3, 2016

लेखनाथको कार्यकरीमा एल के शर्मा


लेखनाथ,१७ असोज।

लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृतमा नेपाल सरकारका उप सचिव लाल कृष्ण शर्मा आउने भएका छन्। बर्तमान कार्यकारी अधिकृत लोक बहादुर भण्डारी भुमी सुधार मन्त्रालय हुदै सुनसरी जिल्लाको मालपोत कार्यालयमा सरुवा भई गए पछि भण्डारीको ठाउमा लाल कृष्ण शर्मा(एल के) आउने निश्चित भएको हो ।

उमेर र अनुभवले केही पाको रहेका शर्मा यस अघि नवलपरासी जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्दै आएका थिए। पर्वत जन्म थलो भई चितवन बस्दै आएका शर्माले दशै अघि नै आफनो कार्यभार सम्हाल्ने भएका छन् ।
Lal Krishna Sharma (L K Sharma) Photo from DDC Nawalparasi


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .