BREAKING NEWS

Saturday, October 22, 2016

लेखनाथ १३ लामेआहालमा वृद्ध वृद्धालाइ निशुल्क दन्त सिविर सम्पन्न

लेखनाथ, ६ कार्तिक

पोखराको मुक्तिनाथ विकास बैंक लिमिटेडको आयोजना तथा पश्चिमाञ्चल डेन्टल होम प्रालिको प्राविधिक सहयोगमा, पावर जिम लेखनाथ , गार्डेन सिटी क्रियसन लेखनाथ , अनिश कोपिला स्टोर्स लेखनाथ , आकृतिय आयुस फोटो स्टुडियो लेखनाथ को विशेष सहयोगमा शनिवार लेखनाथ १३ लामेआहाल स्थित राधाकृष्ण वृद्धाश्राममा निशुल्क दन्त सिविर सम्पन्न भएको छ । मुक्तिनाथ विकास बैंकका अध्यक्ष मिन प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पश्चिमाञ्चल डेन्टलका डाक्टर कमल प्रसाद चपाईको नेतृत्वको दन्त चिकित्सकको टोलीले बृद्धवृद्धाहरुको दन्त परिक्षण गरेको थियो । बैंकले आफ्नो सामाजिक दायित्व अन्तर्गत दन्त कार्यक्रम गरेको अध्यक्ष गुरुङले बताए ।

वृद्धाश्रम सन्चालक समितिका प्रेम लिगलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक एवम् बैंकका कर्मचारी तेज गिरीले गरेका थिए । उक्त अवसरमा बैंकका तर्फबाट वृद्धवृद्धाहरुलाई फलफुल तथा खाद्यन्न समेत वितरण गरिएको थियो । 





Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .