BREAKING NEWS

Saturday, October 22, 2016

लेखनाथमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रबारे अन्तरक्रिया



लेखनाथ, ६ कार्तिक

लेखनाथ नगरपालिकाको आयोजनामा शनिबार लेखनाथ ५ विजयपुरको सिलिङ्गेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापना तथा जग्गा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद यज्ञ बहादुर थापाले राजनितिक अस्थिरताले देशको विकास निर्माणमा असर पार्ने हुनाले यसको अन्त्य हुनु पर्नेमा जोड दिंदै लेखनाथ र पोखराको गौरवका रुपमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र रहेकाले सबै राजनितिक पार्टी , बुद्धिजिवी , समाजसेवी तथा सम्पूर्ण कास्की बासीहरु प्रतिबद्ध भएमा ठूलो लगानीबाट निर्माण गर्न सयम धेरै लागे पनि सम्पन्न गर्न सकिने कुरामा जोड दिएका थिए । माओवादी केन्द्रका केन्द्रिय सदस्य झलकपाणी तिवारीले मध्य पहाडी भेगमा बन्न गैरहेको यो सम्मेलन केन्द्र सबैको साझा भएकाले निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जिल्ला स्तरबाट अन्तराष्ट्यि सम्मेलन केन्द्र निर्माणमा नेपाली कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व सभामुख तारानाथ रानाभाटले ४८५ रोपनी जग्गामा निर्माण हुन लागेको अन्तरािष्ट्रय सम्मेलन केन्द्रको जग्गाको ऐतिहासिक पृष्ठभुमिको वारेमा प्रकाश पार्दै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेका मोहन गुरुङले नगर राजनैतिक संयन्त्रको तर्फबाट लेखनाथ मा क्रियासिल ११ राजनितिक दल सम्मेलन केन्द्र सम्पन्न गर्नेबारेमा एकजुट भएका बताए ।  



पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले प्रारम्भिक चरणमा सैद्धान्तिक सहमति जुटाएर प्रकृयागत रुपमा अघि बढ्न जरुरी रहेको बताए । यसै गरी पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेले सबैको अपनत्व हुने गरी निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी , महिला समुहका तर्फबाट कोपिला रानाभाट, टोल विकास संस्था लेखनाथ समन्वय समितिका सचिव तथा लेखनाथ ५ का वडा समन्वय समितिका संयोजक शैलेन्द्र मोहन भट्टराइ , वनउपभोक्ता समुहबाट भिम बहादुर रानाभाट लगाएतले अन्तराष्ट्रिय सम्मेलन केन्द्र लेखनाथमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । लेखनाथ नगरपालिका निमित्त कार्यकारी अधिकृत राम मणि अधिकारीले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत गरेका थिए भने वडा नं४ र ५ का सचिव विष्णु प्रसाद लामिछानेले कार्यक्रम सन्चालन गरेका थिए ।



Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .