BREAKING NEWS

Saturday, October 1, 2016

सहकारीलाई अभियानको रुपमा अगाडी बढाउनु पर्छ : कोईराला


लेखनाथ, १५ असोज।

राष्ट्रिय सहकारी मञ्चकी संचालन तथा कास्की सहकारी सघंकी पुर्व अध्यक्ष प्रभा कोईरालाले सहकारीलाई अभियानको रुपमा अगाडी वढाउनु पर्नेमा जोड दिएकी छन् ।

लेखनाथ ३ वुढिवजारमा रहेको जल्धारे बचत तथा ऋण सहकारी सस्थाको शनिवार सम्पन्न आठौ साधारण सभालाई सम्वोधन गर्दै कोईरालाले सहकारी अभियानलाई समयानुकुल परिस्कृत गर्दै अगाडी वढ्नु पर्ने सुझाव राख्दै सहकारीले सामुहिक रुपमा कृषी तथा उत्पादनमुलक क्षेत्रमा लगानी वढाउदै आय आर्जनलाई प्रथामिकता दिनु पर्नेमा जोड दिएकी थिईन् ।

साथै उनले सरकारी तहबाट सहकारीका बारेमा सम्वोधन हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै सहकारीका मुल्य र मान्यतालाई सरकारको तर्फबाट स्पष्ट निती ल्याउनु पर्ने सुझाव समेत राखेकी थिईन।

जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्रीकान्त ढुगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ सहकारी मञ्चका सचिव मनोहरी ढुगाना,लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष बलराम ढकाल,नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति बामदेब ढुगाना,जनप्रिय सहकारी सस्थाका अध्यक्ष मुरारी बराल,सिलिङे कृषि उत्पादक सहकारीका अध्यक्ष शैलेन्द्रमोहन भटराई,लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बजगांई,महिला उप समिति संयोजक लक्ष्मी ढुगाना, अनुगमन उप समितिका संयोजक ठाकुरप्रसाद ढुगाना,सेयर सदस्यहरुको तर्फबाट कृष्णहरी ढुगाना र सम्झना ढुगाना लगाएतले आ आफनो भनाई राखेका थिए।
यसै सोही अवसरमा सहकारीले सहकारीले सामाजीक क्षेत्रमा अगाडी सारेको योजना अनुरुप जेष्ठ सदस्य माधव प्रसाद बराल र डिलमाया मगरलाई सम्मान गरेको थियो भने यस बर्षको प्रबेशिका परिक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल सेयर सदस्यका छोरा छोरीहरु मध्यवाट स्मरण ढुगाना,अपेक्ष्या बराल,राजेश ढुगाना र कृतिका रायमाझी क्षत्रीलाई पुरस्कृत गरिएको थियो।
सस्थाका सचिव विष्णु प्रसाद बरालले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरिप्रसाद अधिकारीले गरेका  थिए भने कोषाध्यक्ष जगन्नाथ ढुगानाले आर्थीक प्रतिबेदन प्रस्तुत गरेका थिए।सस्थामा हाल पाँच सय ४८ सेयर सदस्यहरु रहेका छन् भने सस्थाको सेयर पूँजी एक करोड ७०लाख १२हजार रहेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .