BREAKING NEWS

Monday, October 3, 2016

सिलिंगे सहकारीको आठौं साधारण सभा


लेखनाथ,१७ असोज।

लेखनाथ नगरपालिका वाड नं ५ कालीकाचोकमा रहेको सिलिंगे  कृषि उत्पादन सहकारी सस्थाको आठौ बार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ।

साधारण सभालाई सम्वोधन गर्दै जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष  हरिभक्त पौडेलले सहकारीले समयको माग र सेयर सदस्यको चाहानालाई आत्मसाथ गर्दै कृर्षीको माध्यबाट आय आर्जनको क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका थिए।

सस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारी,कैलाश बिकास वैक बुढिवजार साखाका शाखा प्रमुख दिनेश अधिकारी,मुक्तिनाथ विकास वैकका बुढिबजार शाखाका प्रमुख रामचन्द्र रानाभाट,नेपाल रेडक्तस सोसाईटी राखी उप साखाका सभापति मुरारी शर्मा,जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्रीकान्त ढुंगाना,लेखनाथ हाडवर्यस एसोसियसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा,वडा सेवा केन्द्र ४र५का वडा सचिव विष्णुप्रसाद लामिछाने,सस्थाका सस्थापक अध्यक्ष देवेन्द्र रानाभाट,जनप्रिय बहुउदेश्य सहकारी सस्थाका उपाध्यक्ष हरि प्रसाद बराल,सस्थाका सेयर सदस्यहरुको तर्फबाट विरेन्द्रजं· बंजरा र महिला सदस्य बिन्दु रानाभाट लगाएतले सहकारीको मुल्य र मान्याता अनुरुप छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै उत्पादनसिल क्षेत्रमा लगानी गर्दै आय आर्जनलाई अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए।

सस्थाका सचिव ईश्वरी प्रसाद अधिकारीले संचालन गरेको सो कार्यक्रममा अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले सस्थाको सस्थानकाल देखि वर्तमान अवस्थासम्म आउदा छोटो समयमा सस्थाले उल्लेखिए सफलता हात पारेको विचार राख्दै आगामी दिनमा सहकारीलाई लेखनाथ कै उत्कृष्ट सहकारीका रुपमा स्थापित गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए।

सोही कार्यक्रममा सेयर सदस्यका छोरा छोरीहरु मध्यबाट यस बर्षको प्रबेशिका परिक्षामा उत्कृष्ट स्थान हासील गर्न सफल गणेश रानाभाट,पुजा राजभाट,आकृती अधिकारी र विवेक भुजेललाई सम्मान गरिएको थियो भने सस्थाका जेष्ठ सदस्य विष्णुमायाँ खत्री र बुद्धिमान बंजरा ,उत्कृष्ट कृर्षक लक्ष्मी अधिकारी,ईन्द्रबहादुर रानाभाट,लिला पराजुली,पद्ममायाँ थापा,ठाकुरचन्द्र पतानी,असल ऋणी र उत्कृष्ट बचतकर्ताहरुलाई समेत सम्मान गरिएको  थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .