BREAKING NEWS

Saturday, October 1, 2016

लेखनाथ सामुदायिक कृषि सहकारीको आठौं साधारण सभा


लेखनाथ, १५ असोज।

लेखनाथ नगरपालिका वाड नं ७ तालचोकमा रहेको लेखनाथ सामुदायिक कृषि सहकारी सस्थाको आठौ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।
साधारण सभालाई सम्वोधन गर्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका प्राचार्य बद्रिनाथ अधिकारीले  सहकारीले समयको माग र सेयर सदस्यको चाहानालाई आत्मसाथ गर्दै आय आर्जनका क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका थिए।

सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बावुराम गिरि,संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारी,लेखनाथ सहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमला,शिसुवा महिला सहकारी सस्थाकी अध्यक्ष गायत्री ढकाल लगाएतले सहकार्यको माध्यमबाट सहकारी अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए।

सस्थाका सचिव कृष्णप्रसाद तिवारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हिमालयन ओझाले स्वागत र कोषाध्यक्ष शंकरप्रसाद पौडलले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोही कार्यक्रममा सेयर सदस्यका छोरा छोरीहरु मध्यबाट यस बर्षको प्रबेशिका परिक्षामा उत्कृष्ट स्थान हासील गर्न सफल सत्कार पौडेल र सृष्टी पौडल तथा उत्कृष्ट कर्मचारीमा सारदा पौडललाई सम्मान गरिएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .