BREAKING NEWS

Thursday, October 6, 2016

पोखरामा ६१ औ प्रहरी दिवस मनाइयो , नेपाल प्रहरी स्मार्ट प्रहरीको अवधारणामा जानुपर्नेमा क्षेत्रिय प्रशासक बरालको जोड

पोखरा २० असोज । ६१ औ प्रहरी दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । क्षेत्रिय प्रहरी कार्यालय पोखराको आयोजनामा क्षेत्रिय शसस्त्र प्रहरी गण मुख्यालयमा बिहीबार ६१ औ प्रहरी दिवस एक समारोका बीच मनाइएको छ । सो समारोहमा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज वरालले जनताको हरेक काम कारवाहीमा नेपाल प्रहरीको आवश्यक्ता हुने हुंदा प्रहरीले गर्ने विभिन्न क्रियाकलाहरुमा अझ प्रभावकारीता ल्याउनको लागी जनताले पनि आफ्नो स्तरबाट सुचना दिनुपर्नेमा जोड दिए । प्रहरीको कार्यक्षमतामा उत्कृष्टता र सीघ्रतालाई स्मार्ट प्रहरीको अवधारणामा जानुपर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुका साथै शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरीको मुलभुत कार्यमा उल्लेखनीय योगदान पु¥याउने तथा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ब्याक्ति र प्रहरी कमैचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।
सो समारोहमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिएको थियो । सो समारोहमा पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोख्रेल, विभिन्न क्षेत्रिय कार्यालयका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघ क्षेत्रिय कार्यलयका प्रमुखहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारर्की लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थितीहको सहभागीता रहेको थियो ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .