BREAKING NEWS

Friday, October 7, 2016

मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा


लेखनाथ, २१ असोज
लेखनाथ १७ भरतपोखरीमा रहेको मिलन सार उद्यमी महिला सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कमला देवी आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा वोल्दै सांसद वृन्दा रानाले   महिलाहरु सहकारीका माध्यमले उद्यमसिलता तर्फ सक्रिय हुनुपर्नेमा जोड दिएकी थिइन् । हेफर इन्टरनेशनल पोखराका क्षेत्रिय प्रवन्धक गणेश गुरुङले सहकारी मार्फत आफूहरु पनि अधि बढ्ने बताए । साधारण सभामा अध्यक्ष कमला देवी आचार्य, कोषाध्यक्ष आशा देवी थापा र लेखा संयोजक अमिता शर्माका प्रतिवेदनहरु सर्वसम्मत पारित भएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमितिकी सदस्य सन्ध्या दाहाल , नेपाली कांग्रेस लेखनाथ १७ का सभापति सरोज राज अधिकारी ,नेकपा एमाले लेखनाथ १७ का अध्यक्ष धनेश्वर अधिकारी , साना किसान कृषि सहकारीका अध्यक्ष रामजी प्रसाद अधिकारी र सल्लाहकार सोमबहादुर गुरुङले चाडपर्वका शुभकामना सहित सहकारीको प्रगतिको कामना गरेका थिए ।
संस्थाकी उपाध्यक्ष मनमायाँ मगरले स्वागत गरेको उक्त कार्यक्रमको सचिव उमा गुरुङले गरेकी थिइन् । सोही अवसरमा जेष्ठ नागरीक , उत्कृष्ट वचत कर्ता, निक्षेप कर्ताहरुलाई सम्मान गरिनुका साथै लाभांश समेत वितरण गरिएको थियो । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .