BREAKING NEWS

Saturday, October 15, 2016

श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रमको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

राजन परियार
लेखनाथ, २९ असोज
लेखनाथ-११, किमविसी, पचभैयामा स्थित श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रमको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सिद्धाश्रमका अध्यक्ष खेमनाथ भट्टराई सभाध्यक्ष रहेको कार्यक्रम प्रमुख अतिथि लेखनाथ नगरपालिकाका निमित्त कार्यकारीणी अधिकृत राममणि अधिकारीले मन्दिर दर्शन गरि घण्टा बजाई उद्घाटन गर्नुभएको थियो।अध्यक्ष खेमनाथ भट्टराई, महासचिव भरत प्रसाद तिवारी तथा कोषाध्यक्ष शारदा कुँवरको प्रतिवेदन पेश गरिएको उक्त कार्यक्रममा सिद्धाश्रम उपाध्यक्ष हरिदेवी अधिकारीले स्वागत गर्नुभएको थियो।


अध्यक्ष खेमनाथ भट्टराईले लेखनाथ नगरपालिका लगायत विभिन्न संघसंस्था र साधक साधिकाहरू एवं सहयोगीहरूबाट आर्थिक तथा भौतिक सहयोग संकलन भएको र श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रमको विकासका लागि गुरु योजना बनाएर सबैसंग हातेमालो गर्ने कुरामा जोड दिनु भएको थियो। प्रमुख अतिथि लेखनाथ नगरपालिकाका निमित्त कार्यकारीणी अधिकृत राममणि अधिकारीले मन्दिरको विकासका लागि सदैव तयार रहेको र सिद्धाश्रम विकासको इतिहासलाई पनि बिर्सनुहुँदैन भन्ने कुरा ब्यक्त गरेका थिए।

बेगनासताल महिला समूहकी अध्यक्ष बिष्णु माया तिवारी, समाजसेवी नन्द बहादुर गुरुङ, सिड फाउन्डेसनका निर्देशक दामोदर भक्त थापा, लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष महेश्वर पाण्डे, प्रमुख संरक्षक योगी बलभद्र महाराजज्यु, पुर्व उपाध्यक्ष धुर्व अधिकारी, लेखनाथ उद्ध्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी संरक्षक विष्णुप्रसाद पौडेल लगायतले बोलेको कार्यक्रममा धन्यवाद ज्ञापन सदस्य के.पी ढुंगानाले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन महासचिव भरत प्रसाद तिवारी गर्नुभएको थियो।








Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .