BREAKING NEWS

Sunday, October 23, 2016

लेखनाथको नर्मदेश्वरमा ४५ फिट अग्लोे शिबलिङ्ग बनाइने


लेखनाथ, ८ कार्तिक

लेखनाथ १ मदौरुे कुनामा रहेको नर्मदेश्वर मोक्षाश्रमा नर्मदेश्वरमा ४५ फिट अग्लो शिबलिङ्ग बनाइने भएको छ । नर्मदेश्वर मोक्षाश्र संरक्षण समितिको आयोजनामा आहार विहार विचार स्थानिय जडिबुटी पहिचान उपचार रोजगार तथा व्यवसाय विषयक प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रममा उक्त प्रस्ताव गरेको समितिका अध्यक्ष झविन्द्र आचार्यले वताए।

समितिका अध्यक्ष झविन्द्र आचायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नर्मदेश्वर मन्दिर धामको गुरुयोजना बताउँदै नेपालमै नौलो ४५ फिट अग्लो र १२फिट भुमिगत भएको ११ फिटको शिबलिङ्ग रहने वताउँद ैसहयोगको लागि आग्रह समेत गरिऐको थियो । जडिबुटी विशेषज्ञ एवम् अधिवक्ता महेन्द्रामान वेथितले प्रशिक्षण दिएका थिए । पिठाधिस इन्जिनियर अनुराग गिरीजी महाराजको संरक्षकत्वमारहेको नर्मदेश्वर मोक्षाश्रमा आयोजित प्रशिक्षणमा करिव ३ सय भक्तजनको उपस्थिति रहेको थियो । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .